साना किसान विकास लघुवित्तको नाफा ४१.८३ प्रतिशतले बढ्यो

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

असोज मसान्तसम्म संस्थाको खुद नाफा ४१.८३ प्रतिशतले बढेर २३ करोड २७ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा संस्थाले १६ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

संस्थाको सञ्चालक मुनाफा ४१.६० प्रतिशतले बढेर ३३ करोड १९ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा २३ करोड ४४ लाख रुपैयाँमा सीमित थियो ।

संस्थाको खुद ब्याज आम्दानी ४३.८६ प्रतिशतले बढेर ४३ करोड ९ लाख रुपैयाँ भएको छ। गत वर्ष यस्तो आम्दानी २९ करोड ९५ लाख रुपैयाँमा सीमित थियो।

संस्थाले १७ अर्ब ७७ करोड रुपैयाँ सापटी लिई २९ अर्ब ८९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १३ अर्ब ९९ करोड रुपैयाँ सापटी लिई २४ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी १ अर्ब ५६ करोड रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा १ अर्ब ४३ करोड रुपैयाँ जम्मा भएको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) थोरै बढेर ०.७५ प्रतिशत पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ५९.५२ रुपैयाँ पुगेको छ । गत वर्ष ईपीएस ५२.६४ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात (पीई रेसियो) १७.१० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २८२.२० रुपैयाँ रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *