एनसेलले छठपर्वको धुन नबजाए ‘Boycutt Ncell’ अभियान सञ्चालन गर्ने चेतावनी

वीरगंजका युवाहरुले एनसेलले आफ्नो कलर ब्याक ट्युनमा छठपर्वको धुन नबजाए ब्वाइकट एनसेएल ‘Boycutt Ncell’ अभियान सञ्चालन गर्ने चेतावनी दिएका छन् । उनीहरुले दशैँ तथा तिहार पर्वमा चाडपर्वको धुन बजाए जस्तै छठपर्वको धुन बजाउनु पर्ने माग गरेका छन् ।

यदि आज साँझसम्म आफूहरुको माग सम्बोधन नगरे आफूहरु एनसेल बहिस्कार गर्ने उनीहरुको भनाइ छ । उनीहरुले आज एनसेएलका शाखा कार्यलय वीरगंजमार्फत केन्द्रीय कार्यलयमा ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

नेपाल टेलिकमले विभिन्न चाडपर्वमा सोही अनुसारको धुन राखेको भन्दै एनसेलले पनि गनुपर्ने वीरगंजका युवा राजन श्रीवास्तवले बताए । छठपर्वको अवसरमा धुन बजाउनु आफ्नो एक्लो मात्र चाहना नभई सम्पूर्ण मधेशवासीको चाहना रहेको उनले बताए ।

छठपर्व सुरु भएको दुईदिन भएतापनि एनसेललाई कलर ब्याक ट्युनमा विभिन्न माध्यमबाट छठपूजाको धुन बजाउन माग गर्दा पनि हालसम्म पनि बजाएको प्रति आफूहरुको ध्यानाकर्षण भएको वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईले बताए ।

अहिले वीरगंजका युवाहरुले आफूहरुको माग सम्बोधन गराउन एनसेललाई सामाजिक संजालमार्फत दबाब दिइरहेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *