नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २३ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २३ प्रतिशतभन्दा धरै बढेको छ । खुद ब्याज आम्दानी साढे ६६ प्रतिशत बढेपछि बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एक अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको हो । गत असोजमा बैंकको नाफा ९२ करोड रुपैयाँमा सिमित थियो । नाफासँगै वितरणयोग्य मुनाफा पनि ह्वात्तै उक्लिएको छ । बैंकसँग एक अर्ब ८० करोड रुपैयाँ वितरण योग्य नाफा छ ।

खासगरी आम्दानीमा बैंकले फराकिलो छलाङ लिएको हो । २ अर्ब १२ करोड रुपैयाँ बैंकले खुद ब्याज आम्दानी संकलन गरेको छ । र ३३ करोड ३४ लाख रुपैयाँ कमिसनबाट आर्जन गरेको हो ।

बैंकको कर्जा परिचालन निकै न्यून रहेपनि बढेको स्प्रेडले बैंकको ब्याज आम्दानी बढाएको छ । पोहोर असोजको तुलनामा १.२९ प्रतिशत विन्दुले स्प्रेड दर बढेको हो ।

बैंकको कर्जा परिचालन सुस्ताएपनि खराब कर्जा बढ्दा बैंकले प्रोभिजनिङ बढाएको छ । २८ करोड रुपैयाँभन्दा धेरै रकम बैंकले कर्जा जोखिम व्यवस्थापनका लागि छुट्याएको छ ।

खुद नाफा बढेलगत्तै बैंकको प्रति सेयर आम्दानी पनि बढेको छ । २.१९ रुपैयाँ बढ्दा बैंकको प्रति सेयर आम्दानी २४.९२ रुपैयाँ पुगेको छ । प्रति सेयर नेटवर्थ भने खस्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *