नेपाल बैंक र टेलिकमबीच सम्झौता, विशेष सुविधासहितको २ खाता संचालनमा

नेपाल बैंक लिमिटेडले बडादशैं, तिहार र छठको अवसर पारेर दुईवटा विशेष सुविधासहितको बचत खाताहरु सञ्चालनमा ल्याएको छ । नेपाल बैंकमा सो खाताहरु खोल्ने ग्राहकलाई विशेष सुविधाका प्याकेजहरु दिने गरी नेपाल बैंक र नेपाल टेलिकमबीच सम्झौता भएको छ ।

सम्झौतामा टेलिकमका चिफ कमर्सियल अफिसर प्रतिभा बैद्य र बैंकका तर्फबाट चिफ फाईनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

सम्झौता अन्तर्गत नेपाल बैंकले बिद्यार्थी र दम्पत्तीलाई लक्षित गरि ल्याएको नयाँ बचत खाता “शुभज्ञान वचत” खाता खोल्दा विद्यार्थीलाइ र “सहयात्री वचत” खाता खोल्दा दम्पत्तीलाइ ४ वटा वम्पर अफरहरु प्रदान गरिने भएको छ ।

शुन्य व्यालेन्समा “शुभज्ञान बचत खाता” र रु. ५०० न्यूनतम व्यालेन्समा “शहयात्री वचत खाता” खोल्न सकिने छ, जसमा नेपाल टेलिकमको निशुल्क सिमकार्डका अतिरिक्त विशेष सुबिधाका प्याकेजहरु उपलब्ध हुने छन् । सो खाता खोलि कारोवार गर्दा बिद्यार्थी र दम्पत्तीहरुले निम्न बमोजिमका सुविधाहरु पाउने छन् ।

टेलिकमले दिएका अफरहरुमा नेपाल टेलिकमको निशुल्क सीम (विद्यार्थी र दम्पत्तिलाइ), सिम एक्टिभ भएको मितिले एक महिना सम्म हरेक दिन १० एसएमएस, १०० एमबी डाटा र ४० मिनेट भ्वाइस कल निःशुल्क उपलब्ध हुने छ ।

त्यसैगरी नेपाल बैंकको मोवाइल बैकिङ एप चलाउँदा १ बर्षसम्म इन्टरनेट शुल्क नलाग्ने र यो योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुलाइ बैंकले थप १ महिनाको लागि १ जि.वि. डाटा निःशुल्क उपलब्ध गराउनेसमेत बैंकले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *