काठमाडौं — Samsung Nepal ले वैदेशिक रोजगारीमा रहेका नेपाली र तिनका परिवारलाई लक्षित गर्दै ‘रेमिट बेनिफिट’ क्याम्पेन सार्वजनिक गरेको छ।
विदेशबाट आउने रेमिटेन्सलाई केवल आर्थिक सहयोग नभई त्याग, सपना र जिम्मेवारीको प्रतीकका रूपमा लिँदै कम्पनीले उक्त योजनामार्फत जीवनस्तर सुधारमा टेवा पुर्याउने लक्ष्य लिएको जनाएको छ।
कम्पनीका अनुसार योजनाले प्रवासमा रहेका नेपालीको योगदानको सम्मान गर्दै उनीहरूका परिवारलाई आधुनिक प्रविधिमा पहुँच विस्तार गर्ने उद्देश्य राखेको छ।
योजनाअन्तर्गत ग्राहकले मोबाइल फोन, टेलिभिजन, फ्रिज र वासिङ मेसिन खरिद गर्दा अधिकतम ६ प्रतिशतसम्म नगद फिर्ता (क्यासब्याक) पाउनेछन्।
साथै Ncell मा रिचार्ज गर्दा अधिकतम १८० गिगाबाइटसम्म थप डाटा उपलब्ध गराइनेछ। उपभोक्ताले २४ महिनासम्म किस्ताबन्दी (ईएमआई) सुविधामार्फत पनि सामग्री खरिद गर्न सक्नेछन्।
यस क्याम्पेनका लागि IME Remit, Khalti, Hulas Finserv, Him Electronics र Triveni Byapar सँग सहकार्य गरिएको मोबाइल व्यवसायका वरिष्ठ निर्देशक प्रणयरत्न स्थापितले जानकारी दिए।






