अरुण काबेलीको लाभांश घोषणा

अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको छ । कम्पनीको २०७९ असोज २ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी एक अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १० प्रतिशतले बोनस घोषणा गरेको हो ।

उक्त लाभांश विद्युत नियमन आयोगको स्वीकृती र आगामी बस्ने कम्पनीको १२औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *