एनआईसी एशिया क्यापिटलको लगानी व्यवस्थापन योजना सार्वजनिक

एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा (पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस–पीएमएस) अन्तर्गत उच्च प्रतिफल सहितको ‘इनकम ग्यारेन्टेड फण्ड’ नामक उच्च प्रतिफल सहितको लगानी व्यवस्थापन योजना संचालन गरेको छ ।

यो योजना नियमित आय आवश्यक पर्ने, जोखिम लिन नचाहने, अवकाश प्राप्त, गृहणी लगायतका लगानीकर्ताहरुलाई मध्यनजर गर्दै संचालनमा ल्याइएको हो । उक्त योजनामा सहभागी हुनको लागि न्युनतम १० लाख रुपैयाँ लगानीबाट सुरु गर्न सकिनेछ ।

यस योजना अन्तर्गत लगानीकर्ताहरुले वार्षिक १०.२५ प्रतिशत निश्चित प्रतिफल प्राप्त गर्नेछन् । क्यापिटलले धितोपत्र बजार तथा मुद्रा बजारको समग्र अवस्थाको राम्रोसंग अध्ययन अनुसन्धान गरेर मात्र यस प्रकारको योजनाहरु संचालन गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *