प्राइम लाइफ इन्स्योरेन्स लाभांश बुक गर्ने अन्तिम दिन भोलि

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि बिहीवार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शुक्रवार बुक क्लोज गर्ने सूचना जारी गरेको छ । बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) लाभांश दिन प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारितका लागि कम्पनीले मंसिर १९ गते साधारण सभा आयोजना गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *