तोकिएकोभन्दा बढी हवाई भाडा लिए एयरलाइन्सलाई १५ लाखसम्म जरिवाना

काठमाडौं।चाडपर्व, खराब मौसम वा आपत्कालीन अवस्थाको मौका छोपेर यात्रुसँग तोकिएभन्दा बढी हवाई भाडा असुल्ने वायुसेवा कम्पनीमाथि कडा कारबाही हुने भएको छ।

संघीय संसद्मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयक, २०८३ मा प्राधिकरणले तोकेको भाडादरभन्दा बढी रकम असुलेर उडान सञ्चालन गरेमा त्यसलाई कसुर मान्ने व्यवस्था प्रस्ताव गरिएको हो।

प्रस्तावित विधेयकअनुसार स्वीकृत भाडादरभन्दा बढी रकम असुल्ने वायुसेवा कम्पनीलाई ५ लाखदेखि १५ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिनेछ। हाल विशेषगरी चाडपर्व तथा यात्रुको चाप बढेका बेला हवाई टिकटको भाडा बढ्ने गरेको गुनासो आउने गरेको छ।

विधेयकमा तोकिएकोभन्दा बढी भाडा असुल्ने प्रवृत्तिलाई कानुनी दायरामा ल्याउँदै यात्रुमाथि पर्ने अतिरिक्त आर्थिक भार नियन्त्रण गर्ने व्यवस्था प्रस्ताव गरिएको हो। विधेयक संसद्बाट पारित भई लागू भएमा प्राधिकरणले स्वीकृत गरेको भाडादरभन्दा बढी रकम लिने वायुसेवा कम्पनीमाथि जरिवाना गर्न कानुनी आधार तयार हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *