साल्ट ट्रेडिङको नाफा घट्यो

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्ष यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा ६४ दशमलव ९४ प्रतिशतले घटेको छ ।

गत वर्षको सोही अवधिमा १ करोड ३९ लाख ३५ हजार खुद नाफा गरेको कम्पनीले यो वर्ष ४८ लाख ८५ हजार रुपैयाँमात्र नाफा गरेको हो ।नाफासँगै कम्पनीको कुल आम्दानी पनि गत वर्षभन्दा यो वर्ष १६ प्रतिशतले घटेको छ ।

गत वर्ष २६ करोड ७८ लाख ३५ हजार कुल आम्दानी गरेको कम्पनीले यो वर्ष २२ करोड ४७ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको हो । हाल चुक्तापूँजी २३ करोड ४ लाख २९ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ३१ करोड ७६ हजार रुपैयाँ रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *