लोकदोहोरी गायक रामजी खाँणको नाममा ठगी

चर्चीत लोक दोहोरी गायक रामजी खाँणको नाम राखेर नक्कली फेसबुक आइडी बनाएर ठगी गरेको खुलेको छ । विभिन्न अनलाइनरोधीघर मार्फत यस्तो कार्य भैरहेको गायक खाँणले जानकारी दिए ।

सो प्रयोजनबाट केही मानिसलाई ठगी गरेका प्रमाणमा बाँके जिल्ला बिनौना घर भएका शोभा राम डाँगी पक्राउ परिसकेको पनि उनले अनलाइनपानालाई जानकारी दिए ।

उनले यस्तो गिरोहसंग सतर्क रहन आग्रह गर्दै आफ्नो फेसबुक पेजमा यस्तो लेखेका छन्, “विभिन्न अनलाईन रोधीघर मार्फत मेरो नामको नक्कली आईडी बनाएर, देश विदेशमा वस्नु हुने दाजुभाई दिदी बहिनीहरुसंग विभिन्न बाहानामा पैसा माग्ने काम गरेको साथी भाईहरु मार्फत मैले जानकारी पाए । केहि साथीहरु लाई ठगी सकेको प्रमाण फेला परेको छ । त्यो ठगी गर्ने व्यक्तिको नाम शोभाराम डाँगी रहेको छ । यस्तो ठग हरुवाट वच्नको लागी सवैलाई अनुरोध गर्दछु ।”

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *