एशियन इन्स्योरेन्सकाे बीमा शुल्क ’खल्ती’ बाट भुक्तानी गर्न सकिने

एशियन इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क अब खल्तीबाट तिर्न सकिने भएको छ । कम्पनी र खल्तीबीच डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहज गर्न सम्झौता भएसँगै यो सेवा सुरु भएको हो ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा ऐन २०४९ बमोजिम बीमा समिति (नेपाल बीमा नियामक प्राधिकरण) बाट २७ फेब्रुअरी, २०६४ (फाल्गुन १५, २०६४) मा आफ्नो सञ्चालन अनुमतिपत्र प्राप्त गरी ३ अप्रिल, २००८ (चैत्र २१, २०६४) मा काम गर्न थालेको हो । संस्थाले देशव्यापी रुपमा १४० शाखा सञ्जाल मार्फत राष्ट्रको सेवा गरिरहेको छ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क ’खल्ती’ बाट तिर्न सबैभन्दा पहिला खल्ती एप लग–इन गरी इन्स्योरेन्स आइकनमा ट्याप गरी एशियन लाइफ इन्स्योरेन्स सेलेक्ट गर्नुपर्दछ । त्यसपछि आफ्नो जन्म मिति र पोलिसी नम्बरी राखेर ‘प्रोसिड टु पे’ मा क्लिक गर्नेुपर्दछ ।

५००० माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ’खल्ती’ केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *