नेपाल इन्स्योरेन्सको १ लाख कित्ता संस्थापक शेयर आइतवारदेखि लिलामीमा आएको छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिले आफ्नो स्वामित्वमा रहेको उक्त शेयर विक्री गर्न लागेको हो ।
यो शेयर खरिदका लागि विद्यमान शेयरधनीहरुले आगामी ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । शेयरको मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकिएको छ ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बोलपत्र पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।