सानिमा बैंकको नयाँ शाखा विराटनगरको कञ्चनबारीमा

सानिमा बैंकले विराटनगरको कञ्चनबारीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरे ।

उद्घाटन समारोहमा मह जोडीले विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा संचालनमा आएसँगै उक्त क्षेत्रका बासिन्दालाई सहज बैंकिङ्ग सेवा मिल्ने बताउँदै बैंकको सफलताको शुभकामना व्यक्त गरे ।

त्यस्तै, सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

बैंकको देशका सातै प्रदेशमा १०६ कार्यालय र ९६ वटा एटिएम संचालनमा रहेको जनाइएको छ ।

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *