प्रिमियर इन्स्योरेन्सको शेयरधनीलाई १५ प्रतिशत लाभांश

प्रिमियर इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्ताव नियामक निकाय बीमा समितीबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश कर सहित गरेर कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *