उन्नति सहकार्य लघुवित्तको प्रस्तावित लाभांश संशोधन

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ ।

कम्पनीले आव २०७७/७८ को मुनाफाबाट ३२ प्रतिशत बोनस शेयर वितरण गर्न नेपाल राष्ट्रबैंक समक्ष पेश गरेकोमा ग्राहक संरक्षण कोषमा रकम छुट्याउन राष्ट्रबैंकले निर्देशन दिएको लाभांश संशोधन गरेको जानकारी गराएको हो । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितीको बैठकले प्रस्तावित लाभांशलाई संशोधन गर्ने निर्णय गरेको हो ।

अव कम्पनीले शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *