गण्डकी। गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै छ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए।
प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो।
प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि सुरू भएको थियो। यसबीचमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
Artha Sanjal






