मेगा र इन्भेस्टमेन्ट बैंकको मर्जर पक्का, एमओयू गर्ने अन्तिम तयारी

मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक मर्जको अन्तिम तयारीमा पुगेको छ । हिमालयन बैंकसँग मर्जर टुटेपछि नेपाल इन्भेस्टमेन्ट बैंकले मेगा बैङ्कलाई मर्जका लागि प्रस्ताव गरेको थियो ।

मेगा बैंकले स्वाप रेसियो मिल्ने अर्को कुनै बैंक खोजिरहेको अवस्थामा इन्भेस्टमेन्ट बैंकको प्रस्ताव स्वीकार गर्न तयार भएपछि इन्भेस्टमेन्ट र मेगा दुवैले आन्तरिक डिडिए गरेका हुन् । अन्य कुराहरु यथावत रहेमा आगामी शुक्रबार इन्भेस्टमेन्ट बैंक, र मेगा बैंक नेपालबिच मर्जर संबन्धी एमओयू हुने बताईएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पाँडे हाल अमेरिकाको भ्रमणमा छन् । जसले गर्दा उनले मर्जर संबन्धी सम्पूर्ण काका लागि बैंकका सञ्चालक प्रजनय राज भण्डारीलाई जिम्मेवारी दिएका छन् ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वाणिज्य बैंकहरू आगामी असार मसान्तसम्म पनि विग मर्जरमा जान तयार नभए कडा नीति लिने संकेत गरेको थियो। अब वाणिज्य बैंकहरू मर्जरमा जान बाध्य हुने देखिएको छ।

राष्ट्र बैंकले इकोनोमिक रिसर्च डिपार्टमेन्टले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा वाणिज्य बैंकहरू धेरै भएकाले मर्जरको नीति मार्फत घटाउने र बलिया बैंक बनानुपर्ने निष्कर्ष निकालेको हो ।

बैंकहरूमध्ये बलियो बैंकका रुपमा रहेको मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड र नेपाल इन्भेस्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड छ । मर्जरपछि बैंकको चुक्ता पुँजी ३४ अर्बभन्दा बढी हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *