देशभर एकैसाथ चलिरहेको फिल्म ‘कबड्डी–४’ की प्रमुख हिरोइन मिरुना मगरले फिल्म हेर्न आएका एक दर्शकलाई झापड हानेर प्रहरी चौकीमा बुझाएकी छिन् । सुन्धारास्थित सिभिल मलमा फिल्म हेर्न आएका मुगु घर भएका अन्दाजी २९ वर्षीय फुर्वा तामाङलाई हिरोइन मिरुना मगरले आइतबार साँझ झापड हानेकी हुन्।
हिरोइन मिरुना मगरले दर्शक फुर्वा तामाङविरुद्ध अभद्र व्यवहार कसुर सम्बन्धी उजुरी समेत दिएकी महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ। आइतबार साँझ सिभिल मलमा भएको ‘कबड्डी–४’ को शोको क्रममा मलको पाँचै तल्लाको कफीसप नजिकै दर्शक फुर्वा तामाङले आफूलाई छोएको भन्दै हिरोइन मिरुना मगरले झापड हानिन्। हिरोइन हिरोइन मिरुना मगरले सबैको अगाडि ‘तिमी सोच्छौ यो जोक हो ?’ भन्दै उनलाई सबैको अगाडि माफी माग्न लगाइन् । मगरले महानगरीय प्रहरी वृत्त जनसेवाको प्रहरी टोली बोलाएर जिम्मा लगाएर पठाएकी हुन्।
दर्शक फूर्वा तामाङले नियतवश नभई झुक्किए छुन पुगेको दाबी गरे। साथै उनले माफी पनि मागेका प्रत्यक्षदर्शीले बताएका छन्। दर्शक फूर्वा तामाङले माफी मागिसकेपछि हिरोइन मिरुना मगरले महानगरीय प्रहरी वृत्त जनसेवाको प्रहरी टोली बोलाएर जिम्मा लगाएर पठाएकी हुन्। यस बारेमा फिल्म ‘कबड्डी–४’ टिमले केही बताएको छैन।
निर्देशक रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ४’ मा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गाउँमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, स्व. जयनन्द लामा र विजय बरालको मुख्य भूमिका छ।






