जहाज १४ हजार ५०० फिटको उचाइमा दुर्घटनामा पर्‍यो : तारा एयर

आइतबारदेखि बेपत्ता जहाज १४ हजार ५०० मिटर माथि दुर्घटनामा परेको तारा एयरले जनाएको छ ।

तारा एयरले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “मिति २०७९ जेठ १५ तदअनुसार २९ मे २०२२ आइतबार बिहान पोखराबाट जोमसोमतर्फ ९ः५५ बजे उडेको तारा एयरको ९एन–एईटी, डीएचसी–६ ट्विनअटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भीरमा १४,५०० फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउँदा स्तब्ध छौँ ।”

विज्ञप्तिमा वायुयान अन्तिमपटक जोमसोम टावरसँग आइतबार बिहान १० बजेर ७ मिनेट जाँदा घोडेपानीबाट सम्पर्कमा आएपछि सम्पर्कविहीन भएको थियो । प्रतिकूल मौसम तथा जटिल भूगोलका बाबजुद पनि नेपाल नागरिक उड्ययन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रमार्फत आज बिहानैदेखि हवाई तथा स्थलमार्गबाट खोजी गर्दा दुर्घटनास्थल फेला परेको र हाल उद्धार भइरहेको पनि जनाइएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *