तारा एयरको विमान दुर्घटनामा एकै परिवारका ७ जना

धनुषाको मिथिला नगरपालिका-११ का एकै परिवारका ७ जना जहाज  दुर्घटनामा परेको पाइएको छ । एकै परिवारका ७ जना दुर्घटनामा परेपछि आफन्त शोकमा डुबेका छन् ।

जहाजमा ४२ वर्षीय राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ थिए। उनी मुक्तिनाथ दर्शनका लागि विमानमार्फत् पोखराबाट जोमसोम जाँदै थिए ।

दुर्घटनाग्रस्त जहाजमा १३ नेपाली, ४ भारतीय, २ जर्मन नागरिक र चालक दलका ३ सदस्यसहित २२ सवार थिए । आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एयरको उक्त जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *