मेगालाई मर्ज गर्न तीन बैंकको प्रस्ताव, एउटै व्यापारीले किने ३ लाख कित्ता सेयर

मेगा बैंकलाई मर्जर तथा प्राप्तिको लागि  तीन कमर्शियल बैंकले प्रस्ताव गरेको पाइएको छ। मेगालाई नबिल, नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले मर्जर तथा प्राप्तिको लागि प्रस्ताव गरेको जनाईएको छ।  मेगा र इन्भेष्टमेन्ट बैंक मर्जको चर्चा चलिरहेकै बेला नबिल र हिमालयन बैंकले समेत मेगा बैंकलाई प्रस्ताव गरेका हुन् ।

यसअघि मेगा बैंकको बैंक अफ काठमाडौंसँग मर्जको बिषयमा छलफल चलेको थियो । इन्भेष्टमेन्ट बैंक र हिमालयनसँग मेगाले स्वाप रेसियो ९० मागेको छ। नबिलले स्वाप अनुपात ५० प्रस्ताव दिनेगरी प्रस्ताव गरेको छ, भने मेगाले ६५ मागेको बताइएको छ।

मेगा बैंक मर्जर तथा प्राप्तिमा जाने चर्चाले बिहीबार र शुक्रबार मेगा बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । मेगा बैंकको सेयर मूल्य १० प्रतिशत अर्थात् २२ रुपैयाँ ५० पैसाले बढेर २४७ रुपैयाँ ५० पैसामा बन्द भएको थियो।

मर्जर तथा प्राप्तिमा जाने हल्लाले बिहीबारको सेयर कारोबारमा  उद्योगी तथा होटल व्यवसायी शशिकान्त अग्रवालले मात्रै मेगा बैंकको ३ लाख कित्ता सेयर किनेका थिए।

शुक्रबार सर्किट नलागेपनि सेयर मूल्य प्रतिकित्ता २५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *