नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ८१ पैसा र बिक्री दर १२४ रुपैयाँ ४१ पैसा कायम गरेको छ ।
युरो एकको खरिद दर १३२ रुपैयाँ ५९ पैसा र बिक्री दर १३३ रुपैयाँ २३ पैसा कायम गरिएको छ । पाउन्ड स्टर्लिङ एकको खरिद दर १५६ रुपैयाँ ०३ पैसा र बिक्री दर १५६ रुपैयाँ ७९ पैसा छ । यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ १४ पैसा र बिक्री दर १२९ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ४३ पैसा र बिक्री दर ८८ रुपैयाँ ८५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ५९ पैसा छ ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ७५ पैसा र बिक्री दर ९ रुपैयाँ ८० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४७ पैसा र बिक्री दर १८ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ०१ पैसा र बिक्री दर ३३ रुपैयाँ १७ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ९२ पैसा र बिक्री दर ३४ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४१ पैसा रहेको छ । यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८७ पैसा र बिक्री दर ९ रुपैयाँ ९२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।







