प्रधानमन्त्री शेरबहादुर देउवाले जनमतको कदर गर्नुको विकल्प नरहेको बताएका छन् । उनले स्थानीय चुनावमार्फत जनताले व्यक्त गरेको अभिमतलाई स्वीकारेर अगाडि बढ्न एमाले अध्यक्ष केपी ओलीलाई सुझाव दिए ।
छिटफुट घटनालाई लिएर स्थानीय तह निर्वाचनको समग्र प्रक्रिया र परिणाममा संशय व्यक्त गर्नु उपयुक्त नहुने प्रधानमन्त्रीको भनाइ छ ।
ओलीले निर्वाचन निष्पक्ष हुन नसकेको भनेपछि जवाफमा देउवाले यस्तो बताएका हुन् ।
सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले देशमा एकैपटक चुनाव गर्नु चुनौतीपूर्ण भएको बताए ।
सीमित स्रोत साधनका बाबजुद शान्तिपूर्ण र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न भएको उनले बताए ।
प्रधानमन्त्रीले भने, ‘छिटफुट घटनालाई दिएर निर्वाचनको समग्र प्रक्रिया र परिणमममा संशय व्यक्त गर्नु उपयुक्त हुन्न । सार्वभौम जनता नै निर्णयक शक्ति भएकाले जनमतको कदर गर्नु विकल्प छैन।’




