सर्वोच्चले फैसला उल्ट्याएपछि फरार भएका रञ्जन कोइराला पक्राउ

 सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ गरेका छन् । श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजय काटिरहेका कोइराला सर्वोच्च अदालतले कैद कटाएपछि ८ साउन २०७७ मा छुटेका थिए ।

तर सर्वोच्चको बृहत पूर्ण इजलासले फैसला उल्टाउँदै बिहीबार मात्र जन्मकैदकै सजाय हुने फैसला सुनाएको थियो । कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय घटाउने फैसला सर्वोच्च अदालतले उल्टाइदिएपछि फरार रहेका कोइरालालाई प्रहरीले आज (शुक्रबार) काठमाडौँको बानेश्वरबाट पक्राउ गरेको हो।

अदालतको आदेश आएको भोलिपल्ट कोइराला पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी बसन्तबहादुर कुँवरले कोइराला पक्राउ परेको पुष्टि गरे ।

महाभियोग दर्ता भएसँगै निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलासले गरेको विवादित फैसला सर्वोच्च अदालतले उल्टाएको हो।

सशस्त्र प्रहरीका तत्कालीन नायव महानिरीक्षक (डीआईजी) कोइरालालाई श्रीमती हत्या अभियोगमा कैद छुट दिँदै २० वर्षको जन्मकैदलाई साढे ८ वर्षमा झार्ने राणासहितको इजलासको फैसला सर्वोच्चले बिहीबार उल्टाएको थियो।

बिहीबारको फैसलासँगै अब कोइरालालाई २० वर्ष कैद हुने छ। उनी साढे ८ वर्ष कैद भुक्तान गरेर रिहा भएका थिए। अब उनले साढे ११ वर्ष कैद भुक्तान गर्नु पर्ने छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *