बागमती प्रदेशको मुख्यमन्त्री बन्दै इन्द्र बानियाँ

 पाँच दलीय सत्ता गठबन्धनले बागमती प्रदेशको सरकार फेरबदल गर्दै छ । बागमतीमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ प्रदेश सरकार बन्ने भएको छ । सरकार परिवर्तन हुने भएसँगै कांग्रेस बागमतीका सभापति इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने पक्का भएको छ । आउँदो जेठ २० गते बानियाँ मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।

नेकपा एमालेको सरकार ढलेपछि नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे अहिले मुख्यमन्त्री छन् । यसअघि सरकार गठन भएको बेला आधा कार्यकाल नेकपा एकीकृत समाजवादीले र आधा कार्यकाल कांग्रेसले सरकार चलाउने सहमति भएको र सहमति भएको थियो । सोही अनुसारको आधा कार्यकाल एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डेले सरकारको नेतृत्व गरिसकेका छन् ।

४ कात्तिकमा बसेको कांग्रेससँगै नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को बैठकमा प्रदेशसभा कार्यकालको आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *