कर्तव्य ज्यान मुद्दाका आरोपित पक्राउ

कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले आज भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गोरखाको बोर्लाङका डिलबहादुर दराईलाई कर्तव्य गरी मारेको घटनाका फरार प्रतिवादी भक्तपुरको चाँगुनारायण नगरपालिका– ८, सुडाल बस्ने ३८ वर्षका कैलास कार्कीलाई पक्राउ गरेको हो ।

घटना २०६६ मा भएको थियो । उनलाई आवश्यक कारबाहीका लागि आजै जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको ब्युरोले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *