बलात्कार मुद्दामा हदम्याद हटाउने गृहकार्य भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। उनले बलात्कार घटनामा रहेको एक वर्षे हदम्याद हटाउने तयारी भएको बताएका हुन्।
आज (बुधबार) नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)को नेतृत्वमा गएको सांसदसहित नेताहरूको टोलीले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले बलात्कार मुद्दामा हदम्याद हटाउने बताए।
सहमहामन्त्री उपाध्यायले बलात्कार घटनामा हदम्याद तत्काल हटाउन सरकारले गृहकार्य गरिरहेको प्रधानमन्त्री देउवाले बताएको जानकारी दिइन्।




