कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा कांग्रेस उम्मेदवार अब्दुल कलाम मुसलमानले १० हजार २०० मत प्राप्त गरी चुनाव जितेका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामदास चौधरीले ८ हजार ६६८ मत र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्मेदवार ओमकारनाथ शुक्लले २ हजार ४७४ मत पाए ।
उपप्रमुखमा कांग्रेसकी उम्मेदवार रीताकुमारी कुर्मी ११ हजार १६७ मतसहित विजय भइन् । उनकी प्रतिस्पर्धी एमालेकी उम्मेदवार भानमती यादवले ७ हजार २ सय मत र लोसपाकी उम्मेदवार साबित्री देवी कुर्मीले २ हजार ५ सय ५ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ । मुसलमान दोश्रो कार्यकालका लागि प्रमुख बन्न सफल भएका हुन् ।
Artha Sanjal






