काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन सोमबार टर्कीए प्रस्थान गरेका छन्।
वाग्ले टर्किस एयरलाइन्सको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्मेलन आयोजना हुने सहर आन्ताल्याका लागि प्रस्थान गरेका हुन्।
सम्मेलनका क्रममा अर्थमन्त्री वाग्लेले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको मुद्दा विभिन्न उच्चस्तरीय आधा दर्जन सत्रमा उठाउने कार्यक्रम रहेको छ।
टर्कीएको आन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै सम्मेलनस्थल पुगिसकेका छन्।
अर्थमन्त्री वाग्ले कात्तिक २९ गते आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।




