काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाजले चितवनविरुद्ध पहिले ब्याटिङ गर्दैछ। जसमा डेभिड वार्नर एक रनमै आउट भएका छन।
चितवनले टस जितेर फिल्डीङ रोजेपछि काठमान्डुले पहिले ब्याटिङ गरेको हो।
काठमान्डुले आज यसअघिको टोलीमा एक परिवर्तन गरेको छ। शाहब आलमको स्थानमा गणेश गौतमलाई टोलीमा समेटेको छ। त्यस्तै चितवनले पनि डेविड मलानको ठाउँमा कमिल मिशारालाइ मैदानमा उतारेको छ।




