कालंगा हाइड्रोको १ लाख ७५ हजार कित्ता सेयरको लकइन अवधि मंसिर २६ मा सकिँदै

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको १ लाख ७५ हजार कित्ता साधारण सेयरको लकइन अवधि आगामी मंसिर २६ गते समाप्त हुने भएको छ। लकइन अवधि सकिएसँगै सामूहिक लगानी कोषका लागि छुट्याइएको उक्त सेयर कारोबारका लागि योग्य हुनेछ।

कम्पनीले सार्वजनिक निष्कासन गरेको सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको कुल सेयरको ५ प्रतिशत बराबरको १ लाख ७५ हजार कित्ता सेयर लकइनमा राखेको थियो। प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका आधारमा उक्त सेयरको कुल मूल्य १ करोड ७५ लाख रुपैयाँ रहेको छ।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार उक्त सेयरको लकइन अवधि २०८३ मंसिर २६ गते पूरा हुन लागेको कम्पनीले जनाएको छ।

लकइन अवधि समाप्त हुने सम्बन्धमा कम्पनीले सेयरधनी, नियामक निकाय तथा अन्य सरोकारवालालाई जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *