काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक आज अपराह्न ३ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ।
करिब दुई साताको अन्तरालपछि प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।




