नेपाली बजारमा सुन मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ भने चाँदीको तोलामा ४५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ३ हजार ६७५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ३ हजार ७२० रुपैयाँमा किनबेच भएको थियो।




