नेपाल वेयरहाउजिङको ५५ लाख २७ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको ५५ लाख २७ हजार ५०० कित्ता शेयरको लकइन अवधि आगामी मंसिर १९ गतेदेखि समाप्त हुने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक तथा कर्मचारीको स्वामित्वमा रहेको उक्त शेयरको लकइन अवधि सकिन लागेको जानकारी गराएको हो।

लकइन अवधि समाप्त हुन लागेका शेयरमध्ये संस्थापक समूहको ५५ लाख कित्ता र कर्मचारी समूहको २७ हजार ५०० कित्ता रहेका छन्।

कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले संस्थापक, स्थानीय र कर्मचारीको शेयर ३ वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *