काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको १ लाख ११ हजार ६३९ कित्ता बोनस शेयर सूचीकृत भएको छ।
संस्थाले अघिल्लो आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।




