एभरेष्ट बैंकको लाभांश क्षमता ४० प्रतिशतमाथि, अन्य सूचक कस्ता ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले वृद्धि गरेको छ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार १ अर्ब २५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा बैंकको सञ्चालन मुनाफासमेत ६.१८ प्रतिशतले बढेर १ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ६८ करोड ५५ लाख रुपैयाँ रहेको थियो।

तर, बैंकको खुद ब्याज आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी १.३५ प्रतिशतले घटेर २ अर्ब ३७ करोड १४ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ४० करोड ३८ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८७ करोड ८ लाख रुपैयाँ रहेको छ। यस हिसाबले बैंकले चालु आर्थिक वर्षको असोजसम्म ४०.७७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

चुक्तापुँजी १४ अर्ब ४० करोड ७४ लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङमा ३ अर्ब ८७ करोड ८ लाख रुपैयाँ र जगेडामा १६ अर्ब ४९ करोड ४६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बैंकको रिटेन्ड अर्निङमा ५ अर्ब २० करोड ७५ लाख रुपैयाँ र जगेडामा १६ अर्ब १ करोड १७ लाख रुपैयाँ थियो।

चालु आर्थिक वर्षको असोजसम्म बैंकले ३ खर्ब ३६ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४४ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ खर्ब १६ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३५ अर्ब ५१ करोड ३८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

समीक्षा अवधिसम्म बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ३४.७८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षमा बैंकको ईपीएस ३६.४४ रुपैयाँ थियो। बैंकको पीई रेसियो २०.६७ गुणा र प्रतिशेयर नेटवर्थ २४३.०१ रुपैयाँ रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *