महालक्ष्मी विकास बैंकको नाफा २१.४९ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा कमायो ११ करोड ८४ लाख

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ११ करोड ८४ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यससँगै बैंकको नाफा २१.४९ प्रतिशतले बढेको हो।

समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी ९.२५ प्रतिशतले घटेर १०२ करोड ८० लाख रुपैयाँ कायम भएको छ। यद्यपि, खुद ब्याज आम्दानी १.७० प्रतिशतले बढेर ५१ करोड ५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, शुल्क तथा कमिसन आम्दानी ७२.३७ प्रतिशतले बढेर ५ करोड ९ लाख रुपैयाँ पुगेको छ।

बैंकको कर्जा तथा अन्य नोक्सानी व्यवस्था ३२.३७ प्रतिशतले घटेर १० करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ। सञ्चालन खर्च भने १५.४६ प्रतिशतले बढेर ३० करोड ११ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा सञ्चालन नाफा ५.१८ प्रतिशतले घटेर १७ करोड रुपैयाँ कायम भएको छ।

बैंकको निष्क्रिय कर्जा अनुपात गत वर्षको ५.५० प्रतिशतबाट बढेर ६.४९ प्रतिशत पुगेको छ। त्यस्तै, पुँजीकोष अनुपात १७.६० प्रतिशतबाट घटेर १६.९२ प्रतिशत कायम भएको छ।

असोज मसान्तसम्म बैंकले ५५ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १० रुपैयाँ ५० पैसा, प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ७३ पैसा र मूल्य आम्दानी अनुपात ३५.५५ गुणा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *