नेपाली बजारमा सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन तोलाको २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा १७५ रुपैयाँले घटेको छ । आज चाँदीकाे मूल्य प्रतितोला ३ हजार ६५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो।




