काठमाडौं । पीएचपी प्रणालीमा देखिएको सुरक्षा जोखिमका कारण अस्थायी रूपमा बन्द गरिएका माछापुच्छ्रे बैंकका वेबसाइट तथा वेबमा आधारित सेवाहरू पुनः सञ्चालनमा आएका छन् ।
बैंकले आवश्यक प्राविधिक कार्य तथा प्रणाली अद्यावधिक सम्पन्न गरेसँगै सबै सेवा नियमित अवस्थामा फर्किएको जनाएको छ ।
बैंकका अनुसार पीएचपी प्रणालीमा देखिएको विश्वव्यापी समस्यापछि ग्राहकसँग सम्बन्धित केही अनलाइन सेवा सम्भावित जोखिमबाट जोगिन अस्थायी रूपमा बन्द गरिएको थियो । आवश्यक सुरक्षा अद्यावधिक पूरा भएपछि ती सेवा पुनः सञ्चालनमा ल्याइएको हो ।





