सुरक्षा अवस्थाका कारण वायुसेवा निगमको दमाम उडान रद्द

काठमाडौं । साउदी अरेबियाको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपाल वायुसेवा निगमले कात्तिक ७ गतेका लागि निर्धारित काठमाडौं–दमाम–काठमाडौं उडान रद्द गरेको छ।

निगमका अनुसार यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै दुवैतर्फका उडान रद्द गर्ने निर्णय गरिएको हो।

निगमले साउदी अरेबियाको सुरक्षा अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ। परिस्थितिमा सुधार आएपछि आगामी उडानबारे थप जानकारी गराइने निगमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *