सुरक्षा जोखिम देखिएपछि सिद्धार्थ बैंकको वेबसाइट र अनलाइन सेवा बन्द

काठमाडौं । वेब प्रविधिमा देखिएको सुरक्षा संवेदनशीलताका कारण सिद्धार्थ बैंकले आफ्नो आधिकारिक वेबसाइट तथा अनलाइन सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ।

बैंकले सूचना जारी गर्दै विश्वव्यापी रूपमा पीएचपी (PHP) प्रविधिमा देखिएका सुरक्षा जोखिमलाई ध्यानमा राखेर वेबसाइट तथा अन्य अनलाइन सेवा बन्द गरिएको जनाएको हो।

बैंकका अनुसार अहिले सम्भावित जोखिमको मूल्याङ्कन भइरहेको छ। प्रणालीमा हुन सक्ने समस्याको पहिचान र समाधान गरी पूर्ण रूपमा सुरक्षित बनाएपछि सेवा यथाशीघ्र सञ्चालनमा ल्याइने बैंकले जनाएको छ।

अनलाइन सेवा बन्द हुँदा बैंकका डिजिटल माध्यमबाट सेवा लिने ग्राहक प्रभावित हुन सक्नेछन्। यद्यपि, सेवा पुनः सञ्चालनमा आउने निश्चित समय भने बैंकले खुलाएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *