काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीका दिन आज सर्वसाधारणलाई टीका तथा जमरा नलगाउने भएका छन्।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण जनधनको अपुरणीय क्षति भएका र असहज परिस्थिति सिर्जना भएकाले यसपटक सर्वसाधारणलाई टीका नलगाउने भएका हुन्।
भदौमा हिमपहिरोबाट आएको भिषण बाढी र यही असोजमा परेको अविरल वर्षाको कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको दुःखद निधन र ठूलो जनधनको अपूरणीय क्षति भएको यस असहज परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको वडा दशैँ पर्व सादगीपूर्वक मनाउने निधो गरेको सम्बाद सचिवालयले जनाएको छ।
सचिवालयको सूचनामार्फत यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको जानकारी गराएको हो।





