३३ अर्ब लगानीसहित अघि बढ्दै सिटिजन लाइफ, प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवामा जोड

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले करिब ३३ अर्ब रुपैयाँ लगानीसहित आफ्नो वित्तीय आधार थप मजबुत बनाउँदै प्रविधिमैत्री तथा ग्राहककेन्द्रित सेवालाई प्राथमिकता दिएको छ।

कम्पनीको नवौँ वार्षिकोत्सवका अवसरमा प्रमुख कार्यकारी अधिकृतद्वारा जारी सन्देशमा डिजिटल सेवा, प्रविधिमा आधारित प्रक्रिया, छिटो तथा सहज सेवा र विश्वसनीय दाबी भुक्तानीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

कम्पनीले यस वर्ष ‘चुनौतीपूर्ण तर हासिल गर्न सकिने, आक्रामक तर दिगो’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै आफ्नो व्यावसायिक यात्रा अघि बढाएको जनाएको छ। सोहीअनुसार कम्पनीलाई थप सुदृढ, प्रविधिमैत्री र ग्राहककेन्द्रित बनाउने प्रयास भइरहेको बताइएको छ।

प्रमुख कार्यकारी अधिकृतले ग्राहकको विश्वासलाई कम्पनीको सबैभन्दा ठूलो सम्पत्ति भन्दै आगामी दिनमा जीवन बीमामार्फत परिवारको सुरक्षा, आर्थिक स्थायित्व र समृद्धिको यात्रामा प्रभावकारी साझेदार बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्राकृतिक विपद्का कारण जनधनको क्षति व्यहोरेका परिवारप्रति समवेदना व्यक्त गर्दै कम्पनीले प्रभावित परिवारहरू सामान्य जीवनमा फर्किने र नयाँ आशाका साथ अघि बढ्ने विश्वाससमेत व्यक्त गरेको छ।

नवौँ वार्षिकोत्सवका अवसरमा कम्पनीले ग्राहक, नियामक निकाय, सेयरधनी, सञ्चालक समिति, कर्मचारी, सञ्चारकर्मी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।

कम्पनीले दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको शुभकामना पनि दिएको छ। कम्पनीले आफ्नो नवौं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *