धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौं सडक अवरुद्ध

काठमाडौं । चितवनबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटना हुँदा चालक घाइते भएका छन्।

धादिङको गल्छी गाउँपालिका–७ स्थित मच्छेडी खोलामा भारतीय नम्बर प्लेटको एचआर ३८ एएल ३३६७ नम्बरको ग्यास बुलेट दुर्घटनामा परेको हो।

दुर्घटनामा बुलेटका चालक घाइते भएको इन्स्पेक्टर श्यामकुमार बस्नेतले जानकारी दिए।

दुर्घटनापछि मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *