काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख छ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला चार हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो।




