कांग्रेसको महाधिवेशनमा ओली नजाने, प्रचण्ड जाने

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन समारोहमा अतिथिका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।

अध्यक्ष ओलीको साटो महाधिवेशनमा शुभकामना दिन महासचिव शंकर पोखरेल जाने तय भएको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए । महाधिवेशन आज आइतबार दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा उद्घाटन हुदैछ ।

यसैबिच नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सहभागी हुने उनको सचिवालयले जनाएको छ । कांग्रेसले महाधिवेशनमा शुभकामना दिन प्राय सबै दलका नेताहरूलाई निम्तो दिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *