काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीको सचिवालयको विवरण सार्वजनिक गरेको छ।
शुक्रबार सार्वजनिक गरिएको विवरणअनुसार प्रधानमन्त्रीको सचिवालयमा चार जना सल्लाहकार, एक जना विज्ञ र २० जना स्वकीय गरी २५ जना रहेका छन्।
सचिवालयमा तीन जना पदाधिकारीलाई मन्त्रीसरहको सुविधा तोकिएको छ । जसमा मुख्य सल्लाहकार कुमार ब्याञ्जनकार, राजनीतिक सल्लाहकार असिम साह र स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदिश प्रसाद अग्रवाल रहेका छन् ।
त्यस्तै, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्रीसरहको सुविधा दिइएको छ ।




