फेरि बढ्यो अन्डाको मूल्य, प्रतिक्रेट कति ?

काठमाडौं । बजारमा अन्डाको मूल्य फेरि बढेको छ।

नेपाल लेयर्स कुखुरापालक संघले आज मंगलबारदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म बढेको बताएको छ ।

संघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सबैभन्दा ठूलो (एक्सएल) अन्डाको डिपो तथा डिलर मूल्य प्रतिपेटी ४ हजार ३०० रुपैयाँ र ठूलो अन्डाको मूल्य ४ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ।

नयाँ मूल्यअनुसार एक्सएल अन्डा प्रतिक्रेट ६१५ रुपैयाँ र ठूलो अन्डा प्रतिक्रेट ६०० रुपैयाँ पर्नेछ।

यसअघि गत भदौ १९ गतेदेखि लागू हुने गरी एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ६०५ रुपैयाँ, ठूलो अन्डा ५९० रुपैयाँ र मिडियम अन्डा ५५० रुपैयाँ निर्धारण गरिएको थियो। सानो अन्डाको मूल्य भने प्रतिपेटी ३ हजार २०० रुपैयाँ कायम थियो।

संघका अनुसार होलसेल तथा फार्म मूल्यमा वृद्धि भए पनि उपभोक्ताले खरिद गर्ने खुद्रा मूल्य भने तत्काल नबढाइएको छ।

संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ताले यसअघि कायम मूल्यमा नै ठूलो अन्डा प्रतिगोटा २५ रुपैयाँ र मिडियम अन्डा दुई गोटाको ४५ रुपैयाँमा खरिद गर्न पाउनेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *