काठमाडौं । आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३६.२५ अंकले घटेर २६१८.०३ को विन्दुमा कायम भएको छ ।
आज ३५२ कम्पनीको २ करोड १६ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३५ करोड माथिको शेयर कारोबार भएको छ । आज २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २५३ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन २ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्सको २१ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २० करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । सीवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ५.४४ प्रतिशतका दरले कमाएका छन् । निफ्रा ग्रिन इनर्जीका इकाईधनीले ५ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका हुन् । आज यस संस्थाका लगानीकर्ताले ८.५४ प्रतिशतका दरले गुमाएका छन् ।




